+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकामा लायन सहकारीको १० करोड लगानी

विदुर नगरपालिकामा लायन सहकारीको १० करोड लगानी
त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, विदुर नगरपालिकाभित्र कार्यक्षेत्र रहेको लायन बचत तथा ऋण सहकारी संस्था लि. बट्टारको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीले गत आ.व. ०७८/७९ असारसम्म १० करोड चार लाख १२ हजार चार सय ५९ रपैयाँ विदुर नगरपालिकामा लगानी गरेको छ ।

Utsuk Books & Stationery

१४ वर्षअघि सञ्चालनमा आएको लायन सहकारकिो १५औँ वार्षिक साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गदै नगरभित्र रहेका सहकारी संस्थाको संस्थागत क्षमता र कमजोर लेखा प्रणाली सुधार्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठको सभापतित्वमा भएको साधारणसभामा ज्येष्ठ सेयर सदस्य, बचतकर्ता, असल ऋण कारोबार गर्ने र कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले दुई-तीन वर्षभित्रै स्वागत गर्दैै सेयरपुँजी पाँच करोड पु¥याउने बताए । अहिले सहकारीमा दुई करोड ३३ लाख ३४ हजार दुई सय सेयरपुँजी रहेको छ । साधारणसभामा अध्यक्ष कुवेरमान श्रेष्ठबाट संस्थाको प्रतिवेदन तथा भावी रणनीति, कोषाध्यक्ष ध्रुवप्रसाद ढकालबाट आर्थिक प्रतिवेदन र आय-व्यय, लेखा संयोजक उत्तमराज अमात्यबाट लेखा प्रतिपेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन साधारणसभामा छलफल गरी पारित भएको सञ्चालक तथा व्यवस्थापक ज्ञानेश्वर अमात्यले जानकारी दिए ।

साधारणसभामा विशेष अतिथि राष्ट्रिय सहकारी बैंक विदुरका प्रबन्धक प्रदीप अर्याल, अतिथि बट्टार सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठ, क्रियटिभ बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष अमजत आलम, संस्थापक अध्यक्ष कुमारलाल श्रेष्ठ तथा सदस्य अञ्जु रिमालले शुभकामनासहित सहकारीको आवश्यकताबारे बोलेका थिए । सो सभामा बाल बचततर्फ आशिष श्रेष्ठ, ज्येष्ठ सेयर सदस्यतर्फ धनबहादुर केसी र तिलकबहादुर लवट, उत्कृष्ट बचतकर्तातर्फ नवराज पाण्डे र मीनाकुमारी डङ्गोल, बाल बचतकर्ता शिरीषा मिजारलाई सम्मान गरिएको थियो । सेयर सदस्यका छोराछोरमिध्ये उत्कृष्ट अंक ल्याई एसइई परीक्षा ०७८ मा उत्तीर्ण मिराज श्रेष्ठलाई प्रशंसापत्र सो कार्यक्रममा प्रदान गरिएको थियो । साधारणसभामा उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक ज्ञानेश्वर अमात्य र सेयर सदस्य सन्तोष उप्रेती होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासङ्घको केन्द्रीय कार्यसमिति पर्यटन उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह