सूचना तथा सञ्चार सहकारीको अध्यक्षमा मनकुमारी

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:४२

काठमाडौं, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी सङ्घ लिमिटेडको १०औँ साधारणसभाले १३ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । काठमाडौंमा भएको साधारणसभाले अध्यक्षमा मनकुमारी केसी, उपाध्यक्षमा सरस्वती पोख्रेल, महासचिवमा लोकनाथ ढकाल र कोषाध्यक्षमा नवराज छत्कुली निर्वाचित गरेको छ ।

सञ्चालक समितिको सदस्यमा सीता बौडेल, भेषराज पाण्डे, मेघराज गौतम, खिमबहादुर कार्की, विजन पोखरेल, राम सुवेदी, आस्था केसी, लेखनाथ सिकारु र लक्ष्मी बोहरा सर्वसम्मत निर्वाचित गरेको छ । यसैगरी, लेखा समिति संयोजकमा राजेन्द्रकुमार बस्नेत, सदस्यमा दानबहादुर गुरुङ र श्याम खड्का सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष केसी प्रतिनिधिसभाकी पूर्व सदस्य हुन् । उनले बाग्लुङको आदर्श सञ्चार सहकारी संस्था लि.बाट प्रतिनिधित्व गरेकी छिन् । उपाध्यक्ष पोख्रेल प्रदेश सभा १ की पूर्वउपसभामुख हुन् । उनले जनसन्देश सञ्चार सहकारी संस्था लि.बाट प्रतिनिधित्व गरेकी हुन् । सदस्य सीता बौडेल संविधानसभा सदस्य हुन् । उनले दाउन्ने सञ्चार सहकारी संस्था लि.बाट प्रतिनिधित्व गरेकी हुन् । साधरणसभाले अध्यक्ष विष्णुहरि ढकालद्वारा प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन स्वीकृत गरेको छ । राष्ट्रिय सहकारी महासङ्घका सदस्यद्वय टेकप्रसाद चौलागार्इं र रवीन्द्र केसीको आतिथ्यतामा सम्पन्न साधारणसभाले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।