+
Search

ताजा अपडेट +

पपुलर +

होटेल वाटर टावरमा डिजे पुल पार्टी

होटेल वाटर टावरमा डिजे पुल पार्टी
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

बट्टार । नुवाकोटका युवा राजकुमार न्यौपाने, प्रह्लाद केसी, दीपक ढकाल र सन्तोष सरगम अधिकारीको संयुक्त पहल तथा आयोजनामा यही असार २७ गते (११ जुलाई), शनिबार बट्टार-हावाघरस्थित होटेल वाटर टावरमा ‘समर स्प्ल्यास २०२६ – डिजे पूल पार्टी’ आयोजना हुने भएको छ । जिल्लामै नयाँ अवधारणासहित आयोजना हुन लागेको यो कार्यक्रमले मनोरञ्जन, सङ्गीत र स्विमिङलाई एउटै प्लाटफर्ममा समेट्दै सहभागीलाई फरक अनुभव प्रदान गर्ने आयोजकको दाबी छ ।

Utsuk Books & Stationery

कार्यक्रमको मुख्य उद्देश्य विशुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै दैनिक जीवनको व्यस्तता, कार्यचाप र भागदौडबाट केही समय विश्राम दिलाई सहभागीलाई रिफ्रेस गराउनु रहेको आयोजकले बताएका छन् । विशेषगरी गर्मी मौसमलाई लक्षित गर्दै आयोजना गर्न लागिएको स्विमिङ, लाइभ डिजे प्रस्तुति, रमाइलो वातावरण तथा युवा पुस्तालाई सुरक्षित र सभ्य मनोरञ्जनको अवसर उपलब्ध गराउने बताइएको छ । कार्यक्रममा काठमाडौँका विभिन्न चर्चित नाइट क्लब तथा मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै आएकी चर्चित डिजे कृतिको विशेष साङ्गीतिक प्रस्तुति र मुख्य आकर्षणका रूपमा रहनेछ । बिहान ११ः३० देखि साँझ ८ः०० बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीले होटेलको स्विमिङपुलमा मनोरञ्जन लिनुका साथै डिजेको सङ्गीतमा नृत्य गर्दै अविस्मरणीय समय बिताउन सक्नेछन् । पारिवारिक, मित्रमण्डली तथा युवा समूहका लागि उपयुक्त वातावरण तयार गरिएको र प्रवेश शुल्क रु. एक हजार निर्धारण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह