तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:४३
Buddha Eyes

विगतदेखि नै सरकार फेरबदल हुँदा क्रसर उद्योगको वैद्यता खोजिने परम्पराको यसपटक पनि निरन्तरता ! तीनै तहका सरकारले नीति, नियम बनाएर ठेगान लगाउनुभन्दा पनि विगतकै पारामा सस्तो लोकप्रियता खोज्दा समस्या बल्झँदै ! सरकारले कानुन बनाएर व्यवस्थित गर्न सके बगेर खेर जाने स्रोत-साधन सदुपयोगबाट खाडी मुुलुक भौँतारिनेको सङ्ख्या घट्ने, देश समृद्ध हुने थियो कि ! नेताको घँैटोमा घाम कहिल्यै लाग्ला खै ? अदालतको फैसला कार्यान्वयन गराउने भन्दै मन्त्रालयको निर्देशन पालन गर्न जिल्लाका प्रशासकलाई धौ-धौ ! विगतकै पारामा प्रहरी प्रशासन र सरोकार अड्डाका कर्मचारीलाई उद्योग बन्द र ताला लगाउँदैमा दिन स्वाहा ! दलका नेताको दोहोरो चरित्र प्रदर्शनीले कर्मचारी बिचरा ! जिल्लाका नदी र खोलामा थुप्रिएको बालुवा र ढुङ्गाले आधा दर्जन पुल जोखिममा परेपछि सडक हाकिम सा’पको चिट्चिट् पसिना !