सहकारीकर्मी श्रेष्ठ सम्मानित

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार ११:४३

विदुर, जिल्ला सहकारी सङ्घ नुवाकोट तथा विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानमा सहभागी भई आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो ।

विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लि. को रजतजयन्ती तथा २५औँ वार्षिक साधारणसभाको अवसरमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सहकारीकर्मी श्रेष्ठको योगदान कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी नियमित बचत गरेबापत सहकारीका सेयर सदस्य सुमन श्रेष्ठलाई उत्कृष्ट बचतकर्ता र कर्मचारी अनिता सिलवाललाई उत्कृष्ट कार्यबापत सम्मान गरिएको सहकारीका सचिव रमेश श्रेष्ठले जानकारी दिए । सम्मानितद्वयले नगद दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपाने, आइएमई लाइफ इन्स्योरेन्स नुवाकोट शाखाका प्रमुख सीताराम रिमाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष अमित गजुरेलले वार्षिक प्रगति विवरण तथा आगामी योजना प्रस्तुत गरेका छन् । साधारणसभामा सहकारीका कोषाध्यक्ष वसन्त रिजाल र लेखा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । वार्षिक प्रतिवेदनअनुसार सहकारीको ५९ लाख ८१ हजार दुई सय रुपैयाँ सेयरपुँजी, ३२ लाख ११ हजार २१ रुपैयाँ ऋण लगानी रहेको छ । सहकारीले आ.व. ०७८/७९ मा एक लाख सात हजार सात सय आठ रुपैयाँ नाफा गरेको छ ।