तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:३१
Buddha Eyes

वाम तालमेल सत्ता प्राप्तिका लागि हुँदा देश र जनताको भाग्य र भविष्य जोतिषीको भरमा ! चुनावदेखि चुनावसम्म, सत्तादेखि सत्ता प्राप्तिसम्म नेपालका वामपन्थीको बटमलाइन ! सङ्घ र प्रदेशसहित स्थानीय सरकारसम्म हङ पार्लियामेन्ट ! स्थानीय निकायमा अल्पमतमा रहेका प्रमुख-उपप्रमुखको पावर एक्सरसाइज गर्दा विकास निर्माण सम्झने पानी छम्कने अवस्थामा ! हाम्रो विदुर नगरका मेयर र उपमेयरको नयाँ कोर्स शुभारम्भ, माओ र बिपीका सच्चा अनुयायी ! माला, खादा पहिरिँदै प्रशंसा बटुल्दैमा आठ महिना स्वाहा ! मेयर तोकआदेशमा बजेट उठाउँदै, साक्षी बसेकी उपमेयर म्याडम धित् मार्ने गरी गाडीमा सरर….. ! अनुगमन र निरीक्षण गरेर राम्रो काम भएको उपमेयरको सिफारिस हुँदा पनि उपभोक्ताले भुक्तानी नपाउँदा नगरपालिकाको सत्तो-सराप ! हाकिम र लेखा सा’प बेरुजु रोक्न नसक्ने भएपछि सरुवाका लागि काठमाडौं धाउँदै ! बहुमतमा रहेको प्रतिपक्ष एमालेका जनप्रतिनिधि पनि हो मा हो गर्दै तोकआदेश प्रथा स्थापितमा !