तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:१०
Buddha Eyes

नामअनुसारको काम गर्न नसक्दा समन्वय समितिलाई प्रतिष्ठा जोगाउन धौ-धौ ! जिल्लाभरिकै ठूलो प्रतिष्ठाको पद समन्वय प्रमुख आसनग्रहण र भाषणमै सीमित ! पालिका-पालिकाबीचको अन्तद्र्वन्ददेखि सङ्घीय र प्रदेश सरकारबाट आउने विभिन्न शीर्षकको अनुदान रोकिँदा समन्वय प्रमुखको भूमिका दलको भ्रातृ संस्थाको अवस्थामा ! राजाको अस्तित्व मेटिएर गणतन्त्रपछिको सङ्घीय संरचनाअनुसारको समन्वय प्रमुख पदमा राजारजौटाका सन्तान पुग्नु दुर्भाग्य कि सौभाग्य ? जिल्लामा विकास निर्माणका लागि अति आवश्यक सामग्री उत्पादन प्रशोधन गर्न क्रसर र बालुवा उद्योग बन्द हुँदा पनि समन्वय कार्यालय र समन्वय प्रमुखको चासो र खोजी !