तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ४ फाल्गुन २०७९, बिहीबार १३:४८

देशमा ‘लुट’ तान्त्रिक व्यवस्था मौलाउँदै, व्यवस्थाका धमिराहरू सत्तामा पुगेपछि तैँ चुप मै चुप ! जनयुद्धको बलिदानीको बदलामा सार्वजनिक बिदा ! सरकारले बिदाको सूची थपेपछि क्रिया-प्रतिक्रिया त हुने नै भयो सार्वजनिक सञ्जालमा जनयुद्धको उपलब्धि भनेकै बिदा ! सार्वजनिक बिदाले देशमा हलचल ल्याउँदा नुवाकोटमा भने महोत्सव उद्घाटन गर्न आएका प्रमुख अतिथिको मन्तव्यले ल्याएको तरङ्गले व्यवसायी र नेतामा वाक्युद्ध । महोत्सवले केहीलाई फाइदा केहीलाई घाटा ! महोत्सव उद्घाटनको दिन मञ्चबाट अतिथिले जिल्लाको समृद्धिका लागि गरेको खुरापातीले आयोजक र दलका नेतालाई पीपलटारमा पाँच सय रोपनी जग्गा खोज्नुपर्ने भएपछि चिट्चिट् पसिना ! उपलब्ध भए औद्योगीक क्षेत्र बनाउने प्रमुख अतिथिको प्रस्तावबाट दर्शकले निःशुल्क मनोरञ्जन पाए । कार्जेक्रममा केसी दाजुभाइले आनाको पाँच लाख पर्ने क्षेत्रमा पाँच सय रोपनीको जग्गा उपलब्ध गराउन नगरपालिकालाई जिम्मा दिएपछि मेयर सा’प र उद्योगी–व्यवसायीका नेता अक्क न बक्क !