नुवाकोट बुद्धिचाल सङ्घको अध्यक्षमा जोशी

  • त्रिशूली प्रवाह
  • ११ फाल्गुन २०७९, बिहीबार ११:४९

विदुर, नुवाकोट बुद्धिचाल सङ्घको अध्यक्षमा प्रकाश जोशी चयन भएका छन् । शनिबार सम्पन्न भएको अधिवेशनले जोशीको नेतृत्वमा निर्विरोध रूपमा कार्यसमिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा श्याम केसी, सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा सुरज लामा चयन भएका छन् । त्यस्तै, सदस्यमा मञ्जु चित्रकार, जियाउलहक मियाँ, श्रीकृष्ण डङ्गोल र कुलबहादुर थापामगर चयन भएका छन् । यस्तै, अधिवेशनले जिल्लाको १२ वटा पालिकामा बुद्धिचाल सङ्घको अध्यक्षसमेत चयन गरेको छ । विदुर नगर बुद्धिचाल सङ्घको अध्यक्षमा शिव खड्गे, बेलकोटगढी नगरपालिकाको अध्यक्षमा शिवराम पुडासैनी, तारकेश्वरको अध्यक्षमा हरिशरण खनाल, ककनीको अध्यक्षको जिम्मा सुरेन्द्र लामा र लिखु गाउँपालिकाको अध्यक्षमा दीपक थापा चयन भएको नुवाकोट बुद्धिचाल सङ्घले जानकारी दिएको छ । अन्य पालिकाको अध्यक्ष सङ्घको बैठकले चयन गर्ने सचिव हरिचन्द्र अमात्यले जानकारी दिए ।