Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङ सिल्डको उपाधि कोमिन श्यामेवाङफेल माविलाई

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले आयोजना गरेको तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कोमिन श्यामेवाङफेल मावि स्याफ्रुबेँसीले हात पारेको छ ।

उक्त प्रतियोगितामा ११ स्वर्ण दुई रजत र दुई कांस्य गरी १५ पदक हात पारेर कोमिन श्यामेवाङफेलले उपाधि जिल्न सफल भएको हो । यस्तै, चार स्वर्ण १० रजत र चार कांस्य गरी १८ पदक हासिल गरेर हाइल्यान्ड मावि धुन्चे द्वितीय, चार स्वर्ण पाँच रजत र आठ कांस्य गरी १७ पदक ल्याई रसुवा मावि धुन्चेले तृतीय स्थान प्राप्त गरेको थियो । समापन कार्यक्रमका सभापति एवम् गोसाइँकुण्ड गाउँपालिका-५ का वडाध्यक्ष दावा मिङमार तामाङले पदक जित्न सफल खेलाडीलाई बधाई तथा शुभकामना दिँदै तेस्रो रनिङ सिल्ड प्रतियोगिता सफल गराउन सबै क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, पालिका सदस्य, सुरक्षाकर्मी, पत्रकार तथा अभिभावकलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि एवम् गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई सिल्ड, नगद तथा प्रमाणपत्र वितरण गर्दै अनुशासित तवरबाट छात्र-छात्राले खेलमा निभाएको भूमिकाको प्रशंसा गरे । उनले गोसाइँकुण्ड गाउँपालिकाले शिक्षामा बढी बजेट विनियोजन गरेको र खेलकुद क्षेत्रलाई विकास गर्ने प्रतिबद्ध जनाए । उनले पालिकाबाट छनोट भई जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलार्ई जनही पाँच हजार रुपैयाँ दिने घोषणासमेत गरे ।

समापन कार्यक्रममा सहभागी सबै विद्यालयका शिक्षक, शिक्षिकाको नृत्य प्रदर्शनी र पालिका कर्मचारी र शिक्षकबीच मैत्रीपूर्ण भलिबल खेल भएको थियो । प्रतियोगितामा रसुवा मावि धुञ्चे, हाइल्यान्ड आवासीय मावि धुन्चे, नमुना एभरग्रिन इंग्लिस बोर्डिङ स्कुल धुन्चे, सरस्वती आधारभूत विद्यालय ठाँडे, भीमसेन आधारभूत विद्यालय ठूलोभार्खु, कोमिन श्यामेवाङफेल मावि स्याफ्रुबेँसी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका एक सय ५८ विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा भलिबल, दौड, रेले, हाइजम्प, लाङजम्प, ज्याभलिङ थ्रो र सटफुट खेलको सातवटा इभेन्टमा एक सय ३१ वटा पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह