तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ फाल्गुन २०७९, बिहीबार १२:१०
Buddha Eyes

सत्ताको दाउपेचले प्रजातन्त्रप्रति जनतामा वितृष्णा ! राजनीतिक दल र दलका नेता नेपालीलाई रैतीबाट जनता बनाएको प्रजातन्त्रको दोहनमा व्यस्त रहँदा प्रजातन्त्र दिवस औपचारिकतामा थुनियो । यति ठूलो राष्ट्रिय दिवसको अवसरमा सदरमुकाम विदुरमा गरिएको कार्जेक्रममा सुरक्षाकर्मी मात्रै ! दलका प्रतिनिधिको उपस्थितिमा खडेरी गएपछि सुरक्षाकर्मीको भरमा दिवस ! अन्य सभा-समारोहमा एक दर्जन दलको नाम आउने गरे पनि प्रजातन्त्रको वकालत गर्ने मुस्किलले तीनजना नेता ! तयार पारिएका प्रमुख अतिथि बिसन्चो हुँदा समन्वय प्रमुखलाई चिट्ठा ! व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नहुँदा दिवसमा जनता नदेखिनु र कार्जेलय प्रमुख बिदा सदुपयोगमा व्यस्त !