विदुर, नुवाकोट जेसिज वर्ष २०२३ का लागि सुमन भण्डारी सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सोमबार दम्कीमा भएको जेसिसको नवौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । भण्डारी वर्ष सन् २०२२ मा महासचिवको भूमिकामा रहेका थिए । नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा किशोर अर्याल र हेमन्त रिमाल, महासचिवमा विनोद लामिछाने निर्विरोध चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा जीवन तामाङ, नारायण प्याकुरेल, सनिस अधिकारी र राजेन्द्र पनेरू चयन भएका छन् । कानुनी सल्लाहकारमा अर्जुनराज पाठक चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष भण्डारीले सामाजिक विकासमा नुवाकोट जेसिजले महत्वपूर्ण भूमिका खेल्ने बताए । जेसिजलाई जिल्लाकै १२ वटै स्थानीय तहमा विस्तार एवं कार्यक्रम गर्ने उनले बताए । निर्वाचितको कार्यकाल एक वर्षको हुनेछ । जेसिज १८ देखि ४० वर्षसम्मका युवाको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो ।






प्रतिक्रिया