+
Search

ताजा अपडेट +

पपुलर +

ढुङ्गेमा आइटी सोलुसन सञ्चालनमा

त्रिशूली प्रवाह
३ साल अगाडी

ढुङ्गे, नुवाकोट जिल्लाको विदुर नगरपालिकाको याङ्ग्रा प्लाजा ढुङ्गेमा सुलक्षणा आइटी सोलुसन खुलेको छ । नुवाकोट र रसुवाका लागि दावा ब्रान्डका सिसिटिभी क्यामेराका आधिकारिक बिक्रेता रहेको उक्त पसल गत बिहीबारदेखि सञ्चालनमा आएको हो ।

Utsuk Books & Stationery

विगत नौ वर्षदेखि हात्तीगौँडामा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका व्यवसायी दाजुभाइ सुदीप श्रेष्ठ र सविन श्रेष्ठले सो पसल सञ्चालनमा ल्याएका हुन् । पसलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवश्यक सामग्री, सिसिटिभी क्यामेरा, मनिटर, कम्प्युटरसम्बन्धी सम्पूर्ण सामग्री, इलेक्ट्रोनिक डोर लक, हिटर, इलेक्टोनिक्स म्याक्स ब्रान्डका सामग्री, डेल ब्रान्डका ल्यापटप तथा डेक्सटप, प्रिन्टर मेसिनलगायतका सामान उपलब्ध हुने सञ्चालक सुदीप श्रेष्ठले जानकारी दिए । उनका अनुसार पसलमा विभिन्न कम्पनीको थोक र खुद्रा ल्यापटप तथा डेक्सटपसँगै इलेक्ट्रोनिक्स सामान सुपथ मूल्यमा उपलब्ध रहेको छ । डिजिटल गेमिङका सामग्री, नेटवर्किङका सामग्री र विभिन्न ग्याजेट पनि उपलब्ध रहेको उनले बताए । पसलमा क्ल्याउडमा आधारित इलेक्ट्रोनिक लेखाप्रणालीबाट बिलिङ गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह