तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ माघ २०७९, बिहीबार १३:२५
Buddha Eyes

नुवाकोट जिल्ला राजनीति सचेत जिल्ला भन्ने भ्रम र वास्तविकता कमैले मात्र चाल पाउँछन् । यसै हप्ता नुवाकोट सिडिओको जिम्मेवारी बोकेर आएका थापा सरले यस्तै महसुस गरेका छन् । प्रमुख पार्टीका दिग्गज नेताको जिल्लामा पार्टी प्रमुख पनि ठूलै हैसियतका होलान् भन्ने सोच खेर गएको छ । पहिलो बैठक राख्छु र मनकुरा खोल्छु भनेर कैलालीबाट हानिएर सोमबार आएका थापा सरको पहिलो गाँसमै ढुङ्गा ! जिल्लामा पार्टी प्रमुख त के जिम्मेवार नेतासमेत भेट्न नपाएपछि सिडिओ सा’वले पत्रकारसँग मंगलबार भेटघाट गरेर मनका कुरा खोल्दै भने विधि र पद्धतिलाई स्थापित गर्नेछु । हरेक सिडिओ सरले जस्तै प्रचारबाजीका लागि केही न केही निर्णय त गर्लान् भनेर पत्रकारका नेता खनाल सर भेटघाट कक्षमा टाउको कन्याउँदै खासखुस गर्दै !