+
Search

ताजा अपडेट +

पपुलर +

हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी विजयी

त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, अन्तरविद्यालय हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी इंग्लिस बोर्डिङ विजयी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा सूर्यगढी गाउँपालिका-५ मा रहेको नुवाकोट ग्लोरी स्कुल प्रथम भएको हो ।

सामुदायिक विद्या मन्दिर देवीघाटमा भएको प्रतियोगितामा अर्किड एकेडेमी द्वितीय र सुभेनियर बोर्डिङ स्कुल तृतीय भएका छन् । यस्तै, युनिभर्सल बोर्डिङ स्कुलले सान्त्वना प्राप्त गरेको छ । प्याब्सन अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा प्याब्सनका पूर्वकेन्द्रीय सदस्य तथा वरिष्ठ सल्लाहकार विजय श्रेष्ठ र पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार बुद्धिसागर रिजालको उपस्थितिमा विजयी समूहका विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरिएको छ । प्याब्सन नुवाकोटको वार्षिक कार्यक्रमअनुसार हरेक महिनाको अन्तिम आइतबार विभिन्न विधाका अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन हुँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह