+
Search

ताजा अपडेट +

पपुलर +

रक्तदाता समाजको अध्यक्षमा कार्की

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको कालिका गाउँपालिकामा रक्तदाताहरूको हालैको भेलाले रक्तदाता समाज गठन गरेको छ । समाजको अध्यक्षमा तारा कार्की चयन भएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाको अध्यक्ष प्रमिला लामाको अध्यक्षतामा आयोजित उक्त भेलाले तारा कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा चन्द्रबहादुर तामाङ, सचिव हेमनाथ खतिवडा र कोषाध्यक्षमा विराज तामाङ लोप्चन रहेका छन् । सदस्यमा झंकनाथ न्यौपाने, डिल्लीकुमार देवकोटा, उमेश न्यौपाने, सुमित्रा सापकोटा रहेका छन् । नवनिर्वाचित कार्यसमितिसँगको अन्तत्र्रिmयामा एक सय ७२ पटक रक्तदान गरेका स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयम्सेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हाम्रो शरीरमा आफैँ मर्ने रगत दान गरेर मानव जीवन बचाउन धेरै सहयोग पुग्ने भन्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह