विदुर, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबजारमा ५६ वर्षअघि निर्माण गरिएको नेपालको पुरानो जलविद्युत् केन्द्रमध्येको त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण कार्य सुरु गरेको छ । ०२३ सालबाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत हुँदै गएपछि जीर्णोद्धार तथा आधुनिकीकरण कार्य सुरु गरिएको हो ।
करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रो मेकानिकल उपकरणलाई आधुनिक तथा स्वचालित बनाइनेछ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरिएको छ । प्राधिकरणले २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण कार्य थालेको छ । प्राधिकरणले २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रका विद्युत्गृहका उपकरण पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत हुँदै गएपछि त्यसको जीर्णेद्धार तथा आधुनिकीकरण थालेको हो । ४३ वर्षदेखि सञ्चालनमा रहेको विद्युत्गृहका उपकरण करिब ७५ करोड रुपैयाँ अनुमानित लागतमा आधुनिकीकरण परियोजनामार्फत, विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने भएको छ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरेको प्राधिकरणले जनाएको हो ।
जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकाले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिएको माटो र बालुवा निकाल्ने काम जारी छ । गत वैशाखबाट सुरु भएको जलाशयको पुनस्र्थापना आउने फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युत्गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुनेछ । यसका लागि ठेक्का सम्झौता भई केही उपकरण उत्पादनका क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरण केन्द्रस्थलमा आपूर्ति भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गत हप्ता पुनस्र्थापना कार्यको अनुगमन गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएका छन् ।
जलाशयको पुनस्र्थापना भएपछि विद्युत्गृहलाई विद्युत् माग बढी हुने समय (पिक)मा दैनिक रूपमा चार घन्टा पूर्ण क्षमतामा र हिउँदमा पिकिङका लागि वाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने व्यवस्था गरिएको छ । वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने र जलाशयको सञ्चित क्षमता गुम्न नपाउने केन्द्र प्रमुख बाबुराजा महर्जनले जानकारी दिए । भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजनाको निर्माण गरिएको थियो । अर्धजलाशययुक्त त्रिशूली जलविद्युत् केन्द्रबाट वार्षिक रूपमा १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा विद्युत्गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो । गत आ.व. सम्ममा केन्द्रबाट पाँच अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको छ । भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि यसको पुनस्र्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पु¥याइएको हो । त्रिशूली जलविद्युत् केन्द्रको क्यास्केडका रूपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ ।