सम्पादक उत्सुक सम्मानित

त्रिशूली प्रवाह
२ साल अगाडी

काठमाडौं, होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमतीले त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक/प्रकाशक शरण उत्सुक सापकोटालाई सम्मान गरेको छ । सङ्घको दोस्रो अधिवेशनको अवसरमा बुधबार मकवानपुरको चित्लाङमा आयोजित एक कार्यक्रममा सपकोटालाई सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट होटेल तथा पर्यटन क्षेत्रमा योगदान पु¥याएको भन्दै सापकोटासहित होटेल तथा पर्यटन व्यवसायी सङ्घ नुवाकोटका पूर्वअध्यक्ष मधुसुदन थपलिया, दुर्गाप्रसाद श्रेष्ठ, शंकरलाल श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कदरपत्रसहित सम्मान गरेका हुन् । सङ्घका अध्यक्ष सन्तोष उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जम्कट्टेलले पर्यटन क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको बताए । कार्यक्रममा होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले कोभिडपछिको होटेल व्यवसाय पछि धकेलिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह