+
Search

ताजा अपडेट +

पपुलर +

विज्ञान/चित्रकला तथा हस्तकला प्रदर्शनी

त्रिशूली प्रवाह
२ साल अगाडी

कोलनी, विदुर नगरपालिका-९ मा रहेको नेसनल बेथेल एकेडेमीमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीले आफूले सैद्धान्तिक रूपमा सिकेका विभिन्न कुरालाई प्रयोगात्मक रूपमा निर्माण गरेर फागुन १२ गते शुक्रबार प्रस्तुत गरेका थिए ।

विज्ञान प्रदर्शनीतर्फ जेसिभी बुल्डोजर, बस, रेल, कुलर, पङ्खा, एटिएम मेसिन, वाटर डिस्पेन्सर, क्यान्डी भेन्डिङ मेसिन, क्लाप स्विच, थ्री डी होलोग्राम, नमुना सौर्यमण्डल, चित्रकलाअन्तर्गत वातावरणीय प्रदूषण र यसको न्यूनीकरणका विषयका साथै अन्य विविध चित्रकलाको समेत प्रदर्शन गरिएको थियो । हस्तकलाअन्तर्गत पुराना कागजबाट विभिन्न गरगहना, फूलहरू, इलेक्ट्रोनिक सामग्री, सङ्गीतका सामग्री साथै घरेलु प्रयोजनका विभिन्न सरसामान बनाएर प्रदर्शन गरिएका थिए । यसैगरी, खाना मेलामा कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थीले कक्षागत रूपमा मःम, गाजरको हलुवा, फुल्की, पकौडा, चटपटलगायतका विभिन्न खानाको परिकार बनाएर बिक्री गरेका थिए । एक सयभन्दा बढी विद्यार्थीद्वारा गरिएको उक्त प्रदर्शनीमा अन्य विद्यार्थी र अभिभावक गरी करिब पाँच सयजनाले अवलोकन गरेका थिए ।

कार्यक्रममा उपस्थित अभिभावक आफ्ना छोराछोरीले गरेका विभिन्न सिर्जनात्मक कार्यको अवलोकनसँगै उनीहरूले पकाएको खाना खाएर रमाएका थिए । विज्ञान प्रदर्शनीतर्फ कक्षा १० का छात्र प्रकाश डङ्गोल र कक्षा ६ का छात्र जोयल श्रेष्ठ साथै चित्रकलातर्फ क्रमशः कक्षा ७ का छात्र स्मार्ट तामाङ, प्रिस्किला तामाङ र कक्षा ६ की छात्रा मेरी तामाङ पुरस्कृत भएका थिए । विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा दिई दक्ष जनशक्ति निर्माण गर्नका लागि यस किसिमको कार्यक्रम विद्यालयले वार्षिक रूपमा आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह