+
Search

ताजा अपडेट +

पपुलर +

आगामी वर्षको दसैँ कात्तिकमा

त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, २०८० सालमा हिन्दू धर्मावलम्बीले मनाउने सबैजसो चाडपर्व करिब १५ दिन पछाडि सरेका छन् । आउँदो साल कात्तिकमा दसैँ परेको छ । हरितालिका तिजको व्रत असोजमा पर्न गएको छ ।


०८० सालको घटस्थापना असोज २८ गते परेको छ । विजयादशमी कात्तिक ७ मा परेको छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । त्यसैअनुरूप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिनेछ । साउनमा अधिक मास पर्न गएकाले सोहीबमोजिम आगामी वर्ष सबै चाडपर्व पछि सरेका हुन् । श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेअनुसार पात्रो बदलिएको छ । असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाड यो वर्षको भन्दा कम्तीमा १५ दिन पछाडि धकेलिन गएका हुन् । यसरी धकेलिने क्रममा ०८० सालमा चैतेदसैँ नै नहुने भएको छ । ०८० सालको चतुर्थी तिथिमै चैत मास सकिने भएकाले चैतेदसैँ २०८१ सालको वैशाखमा सर्ने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह