धुन्चे, नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको सभापतिमा पुनः बाबुलाल तामाङ निर्विरोध चयन भएका छन् । १७ पदका लागि सभापति एक, महिला उपसभापति एक, उपसभापति एक, मन्त्री एक, कोषाध्यक्ष एक, उपमन्त्री एक, उपकोषाध्यक्ष एक, महिला सदस्य तीन र खुला सदस्य सातजना रहेका थिए ।
निर्वाचनबाट उपसभापतिमा नीलनाथ आचार्य, महिला उपसभापतिमा देकी छोपो तामाङ घले, मन्त्री चूडामणि अधिकारी, कोषाध्यक्षमा दिनेशकुमार तामाङ, उपमन्त्रीमा राजकुमार घले, उपकोषाध्यक्षमा बलराम घिमिरे, महिला सदस्य पासाङ तामाङ्नी, सुशीला तामाङ, सार्की तामाङ, खुला सदस्य सुर्नुपु तामाङ, दशरथ देवकोटा, कृष्णप्रसाद देवकोटा, नुर्पु तामाङ, ऋषिश्वर पौडेल, कमल गुरुङ, लामा थार्चेन घले रहेका छन् । माघ २५ गते नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको २८औँ जिल्ला अधिवेशनबाट उनीहरू निर्विरोध चयन भएका हुन् । अधिवेशनको उद्घाटन समारोहमा रसुवा रेडक्रसको स्थापनाकालदेखि यस संस्थामा आजीवन सदस्य रही निःस्वार्थ रूपमा काम गरी जीवनको अन्त्यसम्म लागिरहनुहुने स्वर्गीय धुन्चेनिवासी सोनाम साङ्बो तामाङ र छिरिङ ग्याम्जो तामाङलाई सम्झनास्वरूप सम्मान गरिएको नवनिर्वाचित सभापति बाबुलाल तामाङले बताए । ०४० सालदेखि बाबुलाल तामाङले रेडक्रसको सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।






प्रतिक्रिया