+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङ सिल्डको उपाधि कालिकालाई

त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा शनिबार सम्पन्न भएको १०औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १५ स्वर्णसहित २४ पदक जितेर कालिका गाउँपालिकाले उपाधि हात पारेको हो । कालिका हिमालय मावि कालिकास्थानको खेलमैदानमा फागुन ११, १२ र १३ गते प्रतियोगिता भएको थियो । गोसाइँकुण्ड गाउँपालिका २१ पदक जितेर प्रतियोगितामा दोस्रो बनेको छ । गोसाइँकुण्डले चार स्वर्ण, आठ रजत र नौ कांस्य पदक प्राप्त गरेको थियो । यस्तै, नौकुण्ड गाउँपालिका तेस्रो बनेको छ । नौ कुण्डले चार स्वर्ण, ११ रजत र सात कांस्य गरी २२ पदक प्राप्त गरेको छ । सान्त्वना उत्तरगया गाउँपालिका बनेको छ । उत्तरगयाले चार स्वर्ण, सात रजत र तीन कांस्य गरी कुल १४ पदक पाएको छ । यस्तै आमाछोदिङ्मोले चार रजत पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए । समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवाको इज्जत बढाउने खेलाडीलाई ठूलै राशिको पुरस्कार दिने घोषणा गरे । सांसद आचार्यले खेलकुदमा सहभागी भएका सम्पूर्ण खेलाडी विद्यार्थीलाई शुभकामना दिँदै विजय हुँदा मात्तिन र पराजित हुँदा नआत्तिन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह