+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र प्रहरीको स्थापना दिवस सम्पन्न

त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर धुन्चे रसुवाको १६औँ स्थापना दिवस गत बिहीबार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी गुल्मलाई सहयोग गर्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी छेसिङ्गी तामाङ, सञ्जीव डिएमलाई सो कार्यक्रममा सम्मान गरिएको थियो । सशस्त्र प्रहरी बलका सहायक बाहिनीपति माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी, नेपाली सेना विष्णु दल गणका प्रमुख, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी, सञ्चारकर्मीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह