तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७९, बिहीबार १२:४०
Buddha Eyes

नियम र निगरानी हरेक सङ्घ-संस्था र व्यक्तिको हुन्छ । स्थानीय सरकारले पाउने अनुदान घटबढ गराउने सूचाङ्कबारे जिल्लामा खैलाबैला ! विदुरको सूचाङ्क आगामी वर्ष के होला भन्ने चिन्ता गरिरहेका मेयर सा’पलाई सरकारी अस्पतालको लापरबाहीले घोचिरहेको छ । पटक-पटक अस्पतालको सेवा उत्कृष्ट भए पनि लापरबाहीको घटना ज्युँका त्युँ ! सेवा उत्कृष्ट भएको अस्पताललाई असफल पार्न सक्रिय समूह निजी अस्पताल र क्लिनिक विस्तार र एम्बुलेन्स थप गर्दै । विज्ञ डाक्टरलाई बस्न र टिक्न नदिने परम्पराले निरन्तरता पाउँदा स्थानीय कर्मचारीलाई अस्पतालको जागिरले हाइसन्चो ! अस्पतालको भौतिक पूर्वाधार मात्र राम्रो भएर नहुने रहेछ, दक्ष र विज्ञ जनशक्तिले विश्वास नगर्दा बिरामी काठमाडौं जान बाध्य ।