दुईवटा पसलमा आगलागी

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:००

ढुङ्गे, नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेमा सोमबार राति आगलागी हुँदा डेढ करोडभन्दा बढीको धनसम्पत्ति क्षति भएको छ ।

ढुङ्गे चोकमा रहेको अधिकारी सहयात्री सप्लायर्सको प्लास्टिकको भाँडावर्तनसहितको पसल र गोदाम घर तथा सुरेश श्रेष्ठको श्रेष्ठ किराना पसल तथा तरकारी-फलफूल सप्लायर्समा आगलागी हुँदा डेढ करोडभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको हो । सोमबार राति १२ बजेतिर अकस्मात् लागेको आगोबाट ती दुवै पसलमा रहेका सामग्री जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ । विद्युतीय गढबढीको कारण आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेकाले आगलागीमा परेर नष्ट भएको सामग्रीको विवरण सङ्कलन भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।