सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:०५
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-१ थुमन गाउँकी एक सुत्केरीलाई हेलिकोप्टरबाट अस्पताल पु¥याइएको छ । सुत्केरी हुने बेथा लागेपछि ३१ वर्षीया पासाङ घलेको हेलिकोप्टरबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत काठमाडौं थापाथलीमा रहेको प्रसूतिगृह अस्पताल पठाइएको थियो ।

मंगलबार सुत्केरी बेथा लागेर बच्चा जन्माउन गाउँकै स्वास्थ्य संस्थामा लगिएको र नसक्नेजस्तो भएर सकस भएको अवस्थामा बुधबार हेलिकोप्टरबाट काठमाडांै लगिएको पासाङ घलेका श्रीमान् मिरूप तामाङले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७५/७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट उद्धार गरी थापाथली प्रसूतिगृह अस्पताल लगिएको गोसाइँकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए । रसुवाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताए ।