+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्ववियु चुनावमा चार प्यानल

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको स्ववियु चुनावमा चार प्यानल
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचार-प्रसार गर्न खुला गरिएको छ । फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि फागुन ३० गते अन्तिम नामावली प्रकाशन गरिएको हो ।

Utsuk Books & Stationery

अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने भएका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले चैत २ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न पाउने जनाइएको छ । स्ववियु निर्वाचनको आचारसंहितामा प्रचार-प्रसार गर्दा रङरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । स्ववियु चुनावअन्तर्गत मतदान चैत ५ गतेका लागि तोकिएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको छ । केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएको प्रक्रिया सम्बन्धित क्याम्पस प्रमुखलाई विवाद समस्या समाधान गरेर थाल्न पनि निर्देशन दिइएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने भएका छन् । नुवाकोट जिल्लाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्ववियु चुनावका लागि चार प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेनिकट अनेरास्ववियुसहित सोही सङ्गठनमा आबद्ध विद्यार्थीले बागी उम्मेदवारीसमेत दिएका छन् ।

नेकपा एमाले समर्थित विद्यार्थी सङ्गठन अनेरास्ववियुको तर्फबाट आधिकारिक उम्मेदवार फैसल दिनको प्यानलले उम्मेदवारी दिएको हो भने बागी रूपमा रिजन प्रधानसहित पाँचजनाको उम्मेदवारी दर्ता भएको छ । रिजन गत सङ्घ र प्रदेशको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार–प्रसारमा संलग्न रहेको र एमालेलाई भोट नहालेको उजुरी पार्टी कार्यालयमा परेको छ । गठबन्धनको तर्फबाट नेविसङ्घका रविन दाहालको प्यानलको उम्मेदवारी दर्ता भएको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संस्था अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट मिलन तामाङको अध्यक्षतामा प्यानल नै उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृत तथा क्याम्पसका शिक्षक सरोज बोगटीले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयलले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आइतबार मनोनयन दर्ता गरिएको क्याम्पस प्रमुख सुकुमान डङ्गोलले जानकारी दिए । स्ववियु पदाधिकारी १९ सदस्य बनाउन लागिएकाले अहिले प्रत्यक्ष र समानुपातिक गरेर उम्मेदवारी दर्ता भएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार चुनाव प्रचार-प्रसारका लागि फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्मको समय तोकिएको छ । फागुन ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । चैत ५ गते हुन लागेको निर्वाचनमा २८ वर्ष पूरा नभएको अर्थात् ०५१ साल चैत १८ गतेभन्दा पछि जन्मेका विद्यार्थीले मात्रै उम्मेदवार हुन पाउने भनिएको छ । यसपटकको निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा गराउन लागिएको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने त्रिविले जनाएको छ । ०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षपछि ०७३ सालको चैत १५ गते केही शैक्षिक संस्थामा स्वावियु चुनाव भए पनि अधिकांशमा प्रभावित भएको थियो । त्यसपछि बल्ल यस वर्ष हुन लागेको हो । त्रिविमा ६२ वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह