+
Search

ताजा अपडेट +

पपुलर +

डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी सचेतना कार्यक्रम

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण गर्न नुवाकोटमा सप्ताहव्यापी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । डिभिजन वन कार्यालयले समन्वय बैठक गरी सबडिभिजन वन कार्यालयमा सप्ताहव्यापी वन डढेलो सचेतना कार्यक्रम चैत १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो ।

Utsuk Books & Stationery

डिभिजन वन कार्यालयअन्तर्गत रहेका ६ वटा सबडिभिजन वन कार्यालयले कार्यक्षेत्रभित्र रहेका माविमा बिहानी प्रार्थना सभामा कर्मचारी खटी वन डढेलो नियन्त्रणबारे विद्यार्थीलाई सन्देशमूलक प्रशिक्षण गरेका थिए । विद्यार्थीमार्फत आ-आफ्ना अभिभावकसम्म वन डढेलोसम्बन्धी जानकारी पुग्ने उद्देश्य राखी कार्यक्रम गरिएको डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाले बताए । यस वर्ष वन तथा वातावरण मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार वन डढेलो सचेतना सप्ताह कार्यक्रमको डिभिजन कार्यालयले समन्वय गर्ने र सबडिभिजन कार्यालयले कार्यक्षेत्रभित्र सरोकारवालासँग समन्वय गरेर सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्देशन आएको थियो । उक्त निर्देशनअनुसार जिल्लास्तरमा सरोकारवालासँग समन्वय बैठक डिभिजन वन कार्यालयले चैत १ गते गरेको थियो । कार्यालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार चैत ३ देखि ५ गतेसम्म सबडिभिजन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहमा वन डढेलो नियन्त्रणसम्बन्धी कोचिङ कक्षा सञ्चालन गरी चैत ६ र ७ गते जोखिमयुक्त वन क्षेत्र तथा लोकमार्गको दायाँबायाँ रहेका वनको पात–पतिङ्गर सङ्कलन गरी नियन्त्रित डढेलो लगाई वन डढेलो सचेतना सप्ताह मनाइएको थियो । सप्ताहको अवधिमा स्थानीय रेडियोबाट र माइकिङ गरेर वन डढेलो नियन्त्रणसम्बन्धी सन्देशमूलक सूचना प्रचार-प्रसार गरिएको थियो ।

विगतका वर्षमा नुवाकोट वन डढेलोको उच्च जोखिममा रहेकाले यो वर्ष वन उपभोक्ता, स्थानीय समुदाय, सुरक्षा निकाय तथा अन्य जनशक्ति परिचालन गरेर डढेलोलाई शून्यमा झार्ने योजना रहेको डिभिजन प्रमुख कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह