अखिल नेपाल किसान महासङ्घको भेला सम्पन्न

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:२७

धुन्चे, नेकपा एमालेसमर्थित किसानको संस्था अखिल नेपाल किसान महासङ्घ नुवाकोट र रसुवाको अधिवेशन र भेला सम्पन्न भएको छ ।रसुवाको पहिलो भेला कालिकास्थानमा चैत ५ गते सम्पन्न भएको छ । उक्त भेलाले महासङ्घको जिल्ला संयोजकमा खिलनाथ पौडेल सर्वसम्मत चयन गरेको छ । गत फागुन २५ गते नुवाकोटको पाँचौँ जिल्ला अधिवेशनले रामहरि पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

रसुवाको पहिलो भेलाबाट सहसंयोजकमा विश्वकुमार घले, सचिवमा सलिना पौडेल, सहसचिवमा ढेजु घले, कोषाध्यक्षमा खेमराज न्यौपाने र सदस्यमा दिलमाया लामिनी, टंकप्रसाद न्यौपाने, ल्हाकुग्याल्मो घले, टंकबहादुर नगरकोटी, भवनाथ पौडेल, फुर्पुग्याल्मो घले, डोल्मायाङ्जेन तामाङ, गोमप्रसाद न्यौपाने, तीर्थराज पौडेल र भुवनेश्वरी लामिछाने चयन भएका छन् । अखिल नेपाल किसान महासङ्घ नेपाल कम्युनिस्ट पार्टी एमालेनिकट भ्रातृ संगठन हो । नुवाकोटमा जिल्ला संयोजक भरतप्रसाद धमलाको अध्यक्षतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा खड्गबहादुर पण्डित, सचिवमा सुन्दर नेपाल, उपसचिवमा अच्युत पुडासैनी र कोषाध्यक्षमा प्रदीप खतिवडासहित महासङ्घको २७ सदस्य जिल्ला कार्यसमिति चयन भएको छ । नुवाकोटमा कफी उत्पादक सङ्घ, दुग्ध उत्पादक सङ्घ, मौरीपालक सङ्घ, चिया उत्पादक सङ्घ, युवा किसान सङ्घ, च्याउ खेती सङ्घलगायत १६ संस्थाको प्रतिनिधि पदेन सदस्य रहेका छन् । नुवाकोटको अधिवेशन नेपाल किसान महासङ्घका राष्ट्रिय समितिका महासचिव एवम् सङ्गठन विभाग प्रमुख बाबुराम थापाले उद्घाटन गरेका थिए ।