जिल्लास्तरीय योग शिविर सम्पन्न

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:५८
  • सरस्वती न्यौपाने

धुन्चे, पतञ्जली योग समिति रसुवाको आयोजनामा सदरमुकाम धुन्चेमा तीनदिने जिल्लास्तरीय निःशुल्क योग विज्ञान शिविर चैत ५ गते आइतबार सम्पन्न भएको छ ।

हाइल्यान्ड आवासीय मावि धुन्चे र आकियास रसुवाको सहयोगमा पतञ्जली योग समिति रसुवाले चैत ३ गतेदेखि ५ गतेसम्म हाइल्यान्ड आवासीय माविको सभाहलमा शिविर गरेको थियो । शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, सुरक्षाकर्मी, कर्मचारीको उपस्थितिमा योग विज्ञान शिविर भएको हो । महिला पतञ्जली योग समिति नेपालको तत्वावधानमा बिहान ५ः३० देखि ७ः३० बजेसम्म प्रशिक्षक पुज्या साध्वी देवा दिदीबाट तीन दिनसम्म योग अभ्यास सञ्चालन भएको थियो । उनले योगको महत्वबारे जानकारी गराउँदै योग गर्नाले धेरै रोग कम हुने, शरीर स्वस्थ रहने हुँदा अल्छी नगरी दैनिक योग गर्न जरुरी रहेको बताइन् ।