तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १३:०५
Buddha Eyes

‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतलाई देशको राष्ट्रिय गीत किन नबनाउने ? बहस सुरु गरौँ । सबै क्षेत्रको बेथितिको उजागर गर्दै रचना गरिएको रै’छ यो गीत ! नेपालमा गत हप्ता विश्व उपभोक्ता अधिकार दिवस भन्दै दुई दर्जन सरकारी कर्मचारीले न्वारानदेखिको बल लगाएर नुवाकोटमा पनि कार्जेक्रम गरे । उपभोक्ताको अधिकार दिवसमा उपभोक्ताले भने चालै पाएनन् । वर्षको एकपटक तिथि सम्झने काम भएकोमा प्रजिअज्यूलाई धन्यवाद ! उपभोग्य वस्तुको अनुगमन र जरिवानाले मात्रै गुणस्तर नबढ्ने भएपछि प्रजिअ सर टाउको कन्याउँदै ! राजनीतिक परिवर्तनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको नेपालमा दलहरू लुट्नै व्यस्त रहँदा औपचारिकतामै नागरिक अधिकार !