+
Search

ताजा अपडेट +

पपुलर +

युवा सङ्घको अध्यक्षमा सापकोटा

युवा सङ्घको अध्यक्षमा सापकोटा
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नेकपा एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोटको नवौँ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले प्रज्ज्वल सापकोटाको नेतृत्वका नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Utsuk Books & Stationery

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत नै रहेर राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोटको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एमाले नुवाकोटका जिल्ला अध्यक्ष बद्री मैनाली, एमाले नेता नारायण खतिवडालगायतका वक्ताले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने ढङ्गले सङ्गठन विस्तारमा लाग्न निर्देशन दिए । अधिवेशनमा बन्दसत्रसहित सङ्घको भावी योजनासहित नयाँ नेतृत्वसमेत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा रमेश ढकाल, सचिवमा विवेक फुँयाल, सहसचिवमा रूपक पौडेल र दिनेश न्यौपाने र कोषाध्यक्षमा कम्लाङसिं तामाङ चयन भएका छन् । सङ्घको अधिवेशनले ४७ सदस्यीय कार्यसमितिसमेत चयन गरेको नेपाल युवा सङ्घ नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह