कहीँ नभा’को हल्ली-चल्ली नगरपालिका १३ नं. वडामा ! नगरभरिकै ठूलो वडा भएर होला सुन्तला काण्ड बिर्सिँदै गएका वडावासीलाई अहिले बाख्रा काण्डले झस्काएको छ । सङ्घीयता घाँडो भन्नेलाई बल पुग्ने गरी पहुँचवालाले प्रदेशबाट सीधै बाख्रा बढाउनलाई बजेट ल्याए पनि प्रक्रिया नपु¥याउँदा छताछुल्ल ! व्यवसाय प्रोत्साहन गर्न सीधै वडामा आएको १५ लाख गुपचुपमै बाँडफाँट गर्न खोज्दाको अवस्थाले वडाध्यक्ष चिन्तित हुँदा फाराम भर्न वडाबाट सिफारिस नपाउनेको रुवाबासी ! अनुदानका लागि सिफारिसमा पर्ने दंग, नपाउने नगरको ढोका ढकढकाउँदै भुक्तानी रोक्ने अख्तियार जाने तयारीको हल्लाले उपमेयरलाई अनुगमन गर्ने भ्याइनभ्याई !
तेस्रो आँखा
२ साल अगाडी

प्रतिक्रिया