+
Search

ताजा अपडेट +

पपुलर +

नौ जिल्लाका पत्रकारलाई पर्यटन पत्रकारिता तालिम

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

चिसापानी, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमानामा रहेको पर्यटकउन्मुख चिसापानीमा नौ जिल्लाका १८ जना पत्रकारले दुईदिने पर्यटन पत्रकारिता तालिम लिएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले उद्घाटन गरेको तालिममा नुवाकोट-रसुवा-धादिङसहित नौ जिल्लाका १८ जना पत्रकारको सहभागिता रहेको थियो । उद्घाटनको क्रममा अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा रूपान्तरण गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उक्त तालिममा पत्रकार महासङ्घका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ध्रुव रावल, बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, पत्रकार महासङ्घ नुवाकोट जिल्ला अध्यक्ष कपिलदेव खनाल, वरिष्ठ पत्रकार कुवेर चालिसेलगायतले मुलुकको आर्थिक विकासमा सञ्चार क्षेत्रको भूमिकालगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए । तालिममा वरिष्ठ पत्रकार कुवेर चालिसे, टिपी भुसाल र अशोक सिलवालले पर्यटन पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिएको महासङ्घका प्रदेश सचिव युवराज पुरीले जानकारी दिए । तालिमको समापन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले गरेका थिए । समापन समारोहमा उनले प्रशस्तै सम्भावना बोकेको ठाउँको अवलोकन गरी सत्यतथ्य कुरा खोजेर बाहिर ल्याउन अनुरोध गर्दै आगामी दिनमा पनि पत्रकारलाई यस ठाउँमा अध्ययन-अवलोकनका लागि निम्तोसमेत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह