विदुर, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नुवाकोटको १९औँ साधारणसभा तथा आठौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले एसोसिएसनको अध्यक्षमा उत्तमराज पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।
विदुरमा भएको एसोसिएसनको अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा रुकबहादुर हमाल, सहसचिवमा श्यामराज पाण्डे, कोषाध्यक्षमा सुशीला वाइबा तामाङ र सहकोषाध्यक्षमा नितु थापा शाह निर्वाचित भएका छन् । कार्यसमितिका सदस्यमा तोयानाथ गजुरेल, गोविन्द चालिसे, सिर्जना तामाङ, माधव सिलवाल, सुरेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे र नारायण पौडेल रहेका छन् । कार्यक्रममा जिल्ला न्यायाधीश मदनबहादुर धामीले सेवाग्राहीको अवस्था र मर्मलाई बुझेर सहजीकरण गर्ने र निःस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिए । नयाँ कार्यसमितिले प्रविधिमैत्रीपूर्ण, समयसापेक्ष प्रशिक्षणमूलक कार्यक्रम आयोजना गरी सेवाग्राहीलाई सरल छिटो-छरितो ढङ्ले कार्यसम्पादन गर्न आग्रहसमेत गरे । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक उत्तम घिमिरेले शपथग्रहण गराएका थिए । साधारणसभामा आय-व्ययको प्रतिवेदन एसोसिएसनका कोषाध्यक्ष तोयानाथ गजुरेलले प्रस्तुत गरेका थिए ।






प्रतिक्रिया