छैटौँ जिल्लासभामा डिभिजन प्रमुख गुरागाईं सम्मानित

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार ११:१५

विदुर, जिल्ला समन्वय समिति नुवाकोटको छैटौँ जिल्लासभा आइतबार सम्पन्न भएको छ । सम्पन्न जिल्लासभाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट अनुमोदन गरेको छ । सो जिल्लासभामा जिल्लाभरमा उत्कृष्ट सेवा प्रवाह गरेको विकास निर्माणका गतिविधि सञ्चालनमा समन्वयात्मक भूमिका निर्वाह गर्न महत्वपूर्ण योगदान पु¥याएकोमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका प्रमुख सम्मानित भएका छन् ।

जिल्लासभाको अवसरमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरिप्रसाद गुरागाईंलाई सम्मान गरेको हो । जिल्लासभा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले डिभिजन प्रमुख गुरागाईंलाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए । सो कार्यक्रमका विशेष अतिथि प्रदेश सभा सदस्यद्वय राधिका तामाङ र रामप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख तथा अध्यक्षको तर्फबाट विदुरका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख तथा उपाध्यक्षको तर्फबाट बेलकोटगढीका नगरउपप्रमुख शिवप्रसाद दाहालसहित नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्लामा क्रियाशील रहेका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ निवासी हरिप्रसाद गुरागार्इं डिभिजन प्रमुख रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटमा विगत दुई वर्षदेखि कार्यरत छन् । डिभिजन कार्यालयले यो चालू आर्थिक वर्षमा ३३ करोड पाँच लाख रुपैयाँ हाराहारीको योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । योजना तथा कार्यक्रम सञ्चालनमा गुणस्तरीय, पारदर्शी, कार्यालयमा ग्रामीण क्षेत्रका किसानको सहज पहुँच, कार्यक्रम कार्यान्वयन तथा अनुगमन एवम् लाभग्राही उपभोक्तासँग डिभिजन प्रमुख गुरागाईं आफैँ कार्यक्षेत्रमा खटिएर पु¥याउँदै आएको योगदान र समन्वयात्मक भूमिकाले जिल्लामा नै उत्कृष्ट कार्यालयको रूपमा सम्मानित हुन सफल भएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटमार्फत चालू आर्थिक वर्ष ०७९/८० मा नुवाकोटमा कार्यान्वयन गराउन प्राप्त भएका एक सय २० वटा योजनामा ३३ करोड रुपैयाँ प्राप्त भएको छ । ती योजनालाई डिभिजन कार्यालयले कार्यान्वयनपूर्वको सबै प्रक्रिया पूरा गरेर निर्माण व्यवसायी र उपभोक्ता समितिलाई जिम्मेवारी सुम्पिएर आधाभन्दा बढी काम पूरा भइसकेको छ । जिल्लासभाले जिल्ला समन्वय समितिको चालू आर्थिक वर्षको सङ्घीय सरकारको अनुदान, प्रदेश सरकारको कार्यक्रम अनुदान, जिससको मौज्दात कोषमार्फत गरिएको तथा गर्नुपर्ने खर्चको विवरण अनुमोदन गरिएको छ । जिल्लास्तरीय रूपमा सबै पालिकाको दायित्व एवम् जिम्मेवारीमा पर्ने योजना तथा कामको सहजीकरण, सञ्चालन र अनुगमनको जिम्मेवारीलगायतका विभिन्न योजना पनि जिल्लासभाबाट अनुमोदन गरिएको छ । छैटौँ जिल्लासभाको उद्घाटन गर्दै सङ्घीय सांसद तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले राज्य पुनर्संरचनापश्चात् जनताको सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पु¥याउने उद्देश्यअनुसार स्थानीय सरकारसहित जिल्ला समन्वय समितिको परिकल्पना गरिएकाले सोहीअनुसारको काम तथा सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरेका छन् ।

स्थानीय सरकारले सरल रूपमा जनतालाई सेवा पु¥याउने कामको जिम्मेवारी पाएको स्थानीय सरकारलाई समन्वय गर्ने, काम-कारबाहीको अनुगमन गर्ने तथा सङ्घ र प्रादेशिक कार्यालयसँग समन्वय गर्ने भनेर पाएको जिम्मेवारीअनुसार काम गर्न जिल्ला समन्वय समितिलाई पूर्वमन्त्रीसमेत रहेका सङ्घीय सांसद हितबहादुर तामाङले आग्रह गरेका छन् । सङ्घीय संसद् सञ्चालनमा रहेकाले जिल्लासभामा उपस्थित हुन नसकेका सङ्घीय सांसद तथा काङ्ग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले लिखित शुभकामना पठाउँदै जिल्लामा रहेका स्थानीय तह र स्थानीय तहको अभिभावकीय संस्थाको रूपमा रहेको जिल्ला समन्वय समितिलाई जनतालाई सरल र सहज रूपमा सेवा पु¥याउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।