+
Search

ताजा अपडेट +

पपुलर +

पेसागत महासङ्घ रसुवाको अध्यक्षमा तेम्पा

पेसागत महासङ्घ रसुवाको अध्यक्षमा तेम्पा
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, नेकपा एमालेनिकट पेसागत महासङ्घ समन्वय समिति रसुवाको अध्यक्षमा तेम्पाछिरिङ तामाङ चयन भएका छन् । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत चैत १८ गते पेसागत महासङ्घ समन्वय समिति रसुवाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले उपाध्यक्षमा चोपप्रसाद न्यौपाने, सचिवमा सुदन मरासिनी, सहसचिवमा खम्बु बोहोरा, कोषाध्यक्षमा निरुशा गुरुङ र सदस्यमा उर्मिला तामाङ, मुना तामाङ, कर्मा छेन्जोम तामाङ, पदमराज भट्ट, हेमप्रसाद पौडेल, तुलुसिङ्गी तामाङ, चङखेबहादुर गुरुङलाई चयन गरेको छ । अधिवेशनले समितिको सल्लाहकारमा किप्पा छिरिङ तामाङ, कृष्णबहादुर कुमाल, विष्णु रिमाल, चिजकुमार घले र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तेम्पाछिरिङ तामाङ, कर्माछेन्जोम तामाङ, शिवप्रकाश बस्नेत, हरिशरण लामिछानेलाई चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह