पेसागत महासङ्घ नुवाकोटको अधिवेशन सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार ११:५६

विदुर, नेकपा एमालेको निकट पेसागत महासङ्घ नेपाल जिल्ला समन्वय समिति नुवाकोटको छैटौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट हरिप्रसाद नेपाल सर्वसम्मत चयन भएका छन् ।

समितिको दुई उपाध्यक्षमा हरिप्रसाद रिमाल र देवकी खतिवडा, सचिवमा मधुसुदन नेपाल, कोषाध्यक्षमा कमला पाण्डे, सहसचिवमा उमेश सिग्देल चयन भएका छन् । त्यसैगरी, सदस्यमा वसन्तलाल डङ्गोल, राजनविक्रम पाण्डे, रामप्रसाद खतिवडा, इन्द्रमणि गैरे, बलराम खड्का, इन्द्र पाण्डे र अकलबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन, पार्टी एकता अनि विभाजनसँगै टलकमान श्रेष्ठको नेतृत्वमा रहेको पेसागत महासङ्घ नेपालको नुवाकोट जिल्ला समन्वय समिति रहेको थियो । अधिवेशनको उद्घाटन मिसन ग्रासरुट अभियानका लागि नेकपा एमालेले नुवाकोटमा खटाएको केन्द्रीय प्रतिनिधि एवम् पोलिटब्युरो सदस्य कृष्णबहादुर राईले गरेका थिए । मिसन ग्रासरुट अभियानअन्तर्गत नै पेसागत महासङ्घ नेपाल जिल्ला समन्वय समिति नुवाकोटको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष बुद्धि प्रधान, उपसचिव नीलकण्ठ आचार्य, महासङ्घ केन्द्रीय सदस्य सीताराम थापा, नुवाकोटका पेसागत इन्चार्ज एवम् जिल्ला कमिटी गोपालबहादुर सापकोटा, सेवानिवृत्त कर्मचारी सङ्घका केन्द्रीय सचिव कृष्णप्रसाद अधिकारीलगायतले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा निजामती सङ्गठनको अध्यक्ष भीमसिंह राउतले स्वागत र कार्यक्रम सञ्चालन शिक्षक सङ्गठनका अध्यक्ष कृष्ण उप्रेतीले गरेका थिए ।