टाटासुमो दुर्घटनामा तीनको मृत्यु

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार १२:१८

विदुर, दुप्चेश्वर गाउँपालिका-४ गोल्फुमा शुक्रबार दिउँसो टाटासुमो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित १० जना घाइते रहेका छन् । घाइतेको उपचार काठमाडौंमा भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

दुप्चेश्वर गाउँपालिका-४ गोल्फुबाट काठमाडौं जाँदै गरेको ना.१ज.३९८४ नम्बरको टाटासुमो गाडी अनियन्त्रित भई गोल्फु सडकछेउ भिरबाट खस्दा दुईजनाको घटनास्थल र एकको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा वडा नं.-४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङको मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा वडा नं.-७ की ४५ वर्षीय सानुकान्छी तामाङको मृत्यु भएको थियो । टाटासुमोमा १३ जना सवार थिए ।