तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार १२:२०
Buddha Eyes

जनताको स्वास्थ्य उपचार गराउन स्रोत-साधनसम्पन्न जिल्लाको अस्पताल ध्वस्त पार्न सल्केका धमिराहरू जनशक्ति निरुत्साहित पार्न सफल हुँदा स्वास्थ्य बिमा गर्ने र गरिब निमुखाको बिचल्ली ! देशभरिमै उत्कृष्ट सेवा दिएको भनी लगातार दुई वर्ष अब्बल अस्पतालमा एम्बुलेन्स व्यापारीको रजगज ! साधारण चेकजाँच गर्न जाने बिरामीलाई अस्पताल प्रशासनका सर र एम्बुलेन्सचालकको हरहिसाब काठमाडौंमा मिलान् । स्थानीय सरकार, स्थानीय प्रशासन र नागरिक समाज बेखबर हुन् कि भागशान्ति ! विज्ञ, स्वास्थ्यकर्मी र प्राविधिक खेद्न प्राइभेट अस्पताल र क्लिनिक चलाउनेको इसारा काफी !