सशस्त्र प्रहरी जवान आधारभुत तालिम सम्पन्न

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०७९, बिहीबार १२:०६

ककनी, सशस्त्र प्रहरी वल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी नुवाकोटमा सञ्चालित सिं.सं. २३५ (ग) सशस्त्र प्रहरी जवान आधारभुत तालिम शुक्रबार सम्पन्न भएको छ ।

तालिमको अन्तिम दिक्षान्त समारोहका प्रमुख अतिथि राष्ट्रिय सशस्त्र प्रहरी वल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले कवाजको निरीक्षण गरी तालिमको क्रममा विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले सो समारोहमा दिक्षित भई जाने सशस्त्र प्रहरी जवानलाई बधाई तथा शुभकामना दिंदै कार्यक्षेत्रमा खटिंदा तालिममा सिकेका ज्ञान सिपलाई प्रयोग गर्न निर्देशन दिनुभएको थियो । तालिम २०७९ बैंशाख १६ गतेदेखि शुरू भएको थियो । तालिममा ८५ जना प्रशिक्षार्थी जवान सहभागी रहेको सशस्त्र प्रहरी वल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालयका समादेशक स.प्र.ब.उ. कृष्ण ढकालले जानकारी दिनुभयो । सो समारोह तालिममा सर्वप्रथम हुने नविन श्रेष्ठ, कवाजमा प्रथम हुने विष्णुकुमार तामाङ, चाँदमारीमा प्रथम हुने दिपेश चौधरी, शारिरीक सहिष्णुतामा प्रथम हुने अशोकचन्द राईलाई पुरस्कार प्रदान गरिएको थियो । दिक्षान्त समारोहमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ ‘सज्जन’, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापासहित जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी र दिक्षित सशस्त्र प्रहरी जवानका परिवारको उपस्थिती रहेको थियो ।