+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका नौ हजार बालबालिका जन्मदर्ताबाट वञ्चित

नुवाकोटका नौ हजार बालबालिका जन्मदर्ताबाट वञ्चित
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सुनिल श्रेष्ठ

विदुर, राष्ट्रिय तथ्याङ्क कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण गत साता सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार नुवाकोटका झण्डै ९ हजार बालबालिका जन्मदर्ता गर्नबाट वञ्चित रहेका छन् ।

तथ्याङ्कअनुसार देशभर ३० लाख ७ हजार ६ सय ४८ बालबालिकाको जन्मदर्ता रहेकोमा ७ लाख ८० हजार ९ सय ३३ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको छ । जसमा नुवाकोट जिल्लामा ६८ हजार ६ सय ७९ परिवार संख्या रहेकोमा २३ हजार १ सय ९६ बालबालिकाको मात्र जन्मदर्ता रहेको छ । जसमा ८ हजार ८ सय ४६ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको तथ्याङ्कले देखाएको छ । जिल्लाका दुई नगरपालिकामा २ हजार ९ सय ६ जना र १० गाउँपालिकामा ५ हजार ९ सय ८० जना बालबालिका जन्मदर्ता बाहिर रहेको तथ्याङ्क छ । विदुर नगरपालिकामा ५ हजार १ सय ६३ बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ५ सय ९५ जना र बेलकोटगढी नगरपालिकामा २ हजार ९ सय २० बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ३ सय ११ जना बालबालिका जन्मदर्ता बाहिर रहेको छ । गाउँपालिकातर्फ दुप्चेश्वरमा १ हजार ३ जना, तादीमा ६ सय ९५ जना, सुर्यगढीमा ३ सय ६९ जना, किस्पाङमा ३ सय ७२ जना, म्यागङमा ४ सय ३५ जना, तारकेश्वरमा ४ सय ४३ जना, लिखुमा ५ सय ३७ जना, पञ्चकन्यामा ४ सय ५८ जना, शिवपुरीमा ६ सय ७ जना र ककनीमा १ हजार ६१ जना बालबालिकाको जन्मदर्ता नभएको तथ्याङ्क छ ।

यसैगरी, गाउँपालिकातर्फ दुप्चेश्वरमा कुल २ हजार ३ सय ३८ जना, तादीमा १ हजार ४ सय ७८ जना, सुर्यगढीमा १ हजार २ सय ८९ जना, किस्पाङमा १ हजार ४ सय १ जना, म्यागङमा १ हजार १ सय ५३ जना, तारकेश्वरमा १ हजार ३ सय १७ जना, लिखुमा १ हजार ४ सय ९४ जना, पञ्चकन्यामा १ हजार ७८ जना, शिवपुरीमा १ हजार ३ सय १९ जना र ककनीमा २ हजार २ सय ४४ जना बालबालिकाको जन्मदर्ता रहेको छ । जन्मदर्ता नहुनुमा पारपाचुके, विविध पारिवारिक उल्झनको कारणले छुटिएको आमाबुबा, अत्यावश्यक काम नपरी आफ्नो बालबालिकाको जन्मदर्ता नगर्नेलगायतका कारण बालबालिकाको जन्मदर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । संविधानले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने प्रावधान राखे पनि सडक बालबालिका, परिवार त्याग गरेका बालकालिका कानुनी पहिँचानबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा १ लाख २८ हजार ९ सय ९८ पुरुष र १ लाख ३४ हजार ३ सय ९३ महिला गरी कुल २ लाख ६३ हजार ३ सय ९१ जना देखिएको छ । जसमा २ हजार ४ सय ९४ पुरुष र २ सय ४९ महिला गरी कुल २ हजार ७ सय ४३ जनाको संस्थागत तथ्याङ्क छ । वार्षिक जनसंख्या बृद्धिदर ० दशमलव ५ प्रतिशतका दरले जनसङ्ख्या बृद्धिमा ऋणात्मक देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८ दशमलव ९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव ०२ प्रतिशत) छ । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९ सय २८ छ । जुन कूल जनसंख्याको ० दशमलव ०१ प्रतिशत हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह