+
Search

ताजा अपडेट +

पपुलर +

आँखा शिविरमा ७३ जनाकोे अप्रेसन

आँखा शिविरमा ७३ जनाकोे अप्रेसन
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको कालिका गाउँपालिकाको कालिका क्याम्पसमा सम्पन्न ३ दिने मोतिबिन्दु आँखा शिविरमा ७३ जनाको अप्रेसन भएको छ । शिविरमा ७३ जनालाई मोतिबिन्दु देखा परेपछि शिविरमा नै अप्रेसन गरिएको थियो ।

तिलगंगा आँखा अस्पतालको आयोजनामा रसुवा सामुदायिक आँखा केन्द्र र रेडक्रस रसुवाको सहकार्यमा चैत २३ देखि २६ गतेसम्म सञ्चालित मोतिबिन्दु आँखा शिविरमा १ सय ५० जना आँखाका बिरामीको परीक्षण गर्दा ७३ जना ६० वर्ष भन्दा माथिका बृद्धबृद्धा रहेको रेडक्रसका सभापति बाबुुलाल तामाङले जानकारी दिनुभयो । मोतिबिन्दुको समस्या देखा परेपछि तिलगंगाको डाक्टर ईलि प्रधानको नेतृत्वका टिमबाट ७३ जनाको शिविरमा नै अप्रेसन गरिएको थियो । शिविरमा पाँच गाउँपालिकाभित्रका आँखाका बिरामी आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह