धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर-६ धुन्चेमा ११ जिल्लाका १७ जना रेन्बो ट्राउट मत्स्यपालक कृषकलाई सातदिने आधारभुत तालिम चैत २८ गते मंगलबार सम्पन्न भएको छ । तालिम लिएका कृषक हर्षित भई तालिम पश्चात् मत्स्यपालनमा सुधार हुनेमा विश्वास लिएका छन् ।
चैत २२ देखि २८ गतेसम्म सञ्चालन भएको आधारभुत तालिम रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेले दार्चुला, धादिङ, बैतडी, तेह्रथुम, जुम्ला, गुल्मी, स्याङ्जा, नुवाकोट, धनकुटा, ललितपुर र रसुवाका माछापालन गरिरहेका ११ कृषकलाई प्रविधीको विकास एवं बिस्तार गरी आय–आर्जन तथा रोजगारको श्रृर्जना गर्ने उद्देश्यकासाथ तालिम सञ्चालन गरिएको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रका प्रमुख महेन्द्र भण्डारले जानकारी दिनुभयो । नेपालका मध्ये पहाडी, पहाडी र हिमाली क्षेत्रमा रहेका चिसो सफा खेर गईरहेको पानी तथा भिरालो खेती गर्न नसकिने जग्गा, जमिनलाई सदुपयोग गरी प्राकृतिक श्रोत साधनको प्रयोग गरेर माछा पालिरहेका ११ जिल्लाका १७ कृषकलाई अझै मत्स्य पालनमा निखारता ल्याउन तालिम दिईएको बताईएको छ ।
यो तालिम लिन आउनुभएका तेह्रथुम कन कृषक श्यामबहादुर गुरूङ भन्नुहुन्छ हामी जस्तो कृषकले यस्ता तालिम लिईरहनु आवश्यक छ । अर्को जुम्ला सिज्जाका कृषक भक्तबहादुर नेपाल पनि मत्स्य पालन तालिम लिन आउँदा आफुले पनि गरिरहेको माछापालनमा अझै निखारता आउनेमा विश्वास रहेको बताउनु हुन्छ । मत्स्य अनुसन्धान केन्द्रका प्रमुख महेन्द्र चण्डारी भन्नुहुन्छ, ‘‘माछापालक कृषकलाई माछा पालेर थप आय–आर्जन बढाउन नयाँ प्रविधीको विकास गराउन तालिम दिएको बताउनु भयो ।’’
प्रतिक्रिया