+
Search

ताजा अपडेट +

पपुलर +

एकिकृत समाजवादी रसुवाका अध्यक्ष देवकोटा एमालेमा फर्किए

एकिकृत समाजवादी रसुवाका अध्यक्ष देवकोटा एमालेमा फर्किए
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, नेपाल एकीकृत समाजवादी पार्टी रसुवाका जिल्ला कमिटि अध्यक्ष विष्णु देवकोटासहित शिर्ष नेताहरू पुरानै पार्टी नेकपा एमालेमा नै फर्किएका छन् । अध्यक्ष देवकोटासहित अन्य नेता मंगलबार पुरानै पार्टी नेकपा एमालेमा आएको बताईएको छ ।

मंगलबार बालकोटमा आयोजित एक कार्यक्रमकाबिच एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटा र प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समितिका ठाकुर पौडेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा टिका लगाई एमालेमा प्रवेश गरेका हुन् । नेपाल एकिकृत समाजवादी पार्टी देशलाई परिवर्तन गर्ने राजनीतिक विचार योजना कुनै पनि नरहेको तर पद, शाक्तिको मात्र भक्त रहेकोले हामी पुरानै पार्टी नेकपा एमालेमै फर्किएका जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटाले बताए । एमाले मात्र एक सच्चा देशभक्त असल कम्युनिष्ट र देश विकास गर्न सक्ने राजनीतिक विचार र योजना भएको पार्टी भएकोले देशभक्त साथीहरु विस्तारै अन्य बाँकी साथीहरु पनि एमालेमा फर्किनुको कुनै विकल्प नरहेको जिल्ला कमिटी अध्यक्ष देवकोटाले बताउनुभयो ।

नेपाल एकिकृत समाजवादी पार्टीका सबै साथीलाई एमालेमा फर्किए सदस्यता नविकरण गरी पुरानै जिम्मेवारीमा आ-आफ्नो काम गर्न वातावरणको श्रृर्जना गर्ने नेकपा एमाले, रसुवाका अध्यक्ष कन्र्याल तामाङले बताउनु भयो । बालकोटको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रिय सदस्य माधव अर्याल, संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङ, जिल्ला पार्टी सचिव जर्नादन ढकाललगायत अन्य जिल्लाका शिर्ष नेताहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह