+
Search

ताजा अपडेट +

पपुलर +

तामाङ घेदुङको अध्यक्षमा विरबहादुर

तामाङ घेदुङको अध्यक्षमा विरबहादुर
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति नुवाकोटको अध्यक्षमा विरबहादुर तामाङ चयन हुनुभएको छ । नेपाल तामाङ घेदुङ नुवाकोटको शनिबार शुरु भएर आईतबार बिहान सम्पन्न भएको पाँचौं जिल्ला भेलाले शिवपुरी गाउँपालिकाको उपाध्यक्ष समेत रहनुभएका विरबहादुर तामाङको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा सरोज तामाङ र शक्तिमाया तामाङ, सचिवमा रूपबहादुर तामाङ र सहसचिवमा दिपेश तामाङ तथा कोषाध्यक्षमा सुर्यबहादुर तामाङ चयन हुनुभएको छ । सदस्यमा लिखुको सितादेवी तामाङ, म्यागङको पूर्णबहादुर तामाङ, विदुरको सुशिला वाईवा तामाङ, बेलकोटगढीको चतुरमान तामाङ, शिवपुरीको गोपाल तामाङ, ककनीको प्रतिका तामाङ, तादीको पुष्प तामाङ, दुप्चेश्वरको सोनाम तामाङ, पञ्चकन्याको रोजत तामाङ, किस्पाङको उर्मिला तामाङ र बेलकोटगढीको टेकबहादुर तामाङ चयन हुनुभएको हो । नवनिर्वाचित कार्यसमितिले आईतबार बट्टारमा पत्रकार सम्मेलन गर्दै नेपाल तामाङ घेदुङको उद्देश्यअनुरुप अघि बढाएर बहुसङ्ख्यक तामाङ रहेको नुवाकोटमा सबैको छाता संस्था तथा अभिभावक संस्थाको रुपमा भूमिका निर्वाह गर्न सक्रिय हुने प्रतिबद्धता जनाएको छ ।
पत्रकार सम्मेलनको क्रममा नवनिर्वाचित पदाधिकारीको साथमा अध्यक्ष विरबहादुर तामाङले यसअघिको समन्वय समितिले गर्दै आएका कामलाई निरन्तरता दिने, घेदुङको उद्देश्य पूरा गर्न सक्रिय हुने, तामाङ भाषा-धर्म-संस्कृति-परम्परा तथा भेषाभूषाको संरक्षण गर्नको लागि केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह