तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०७९, बिहीबार १४:३१
Buddha Eyes

हामी नेपाली नयाँ वर्षको संघारमा छौं । देशको भविष्य कता गईरहेको छ, नेता, कर्मचारी, जनप्रतिनिधीलाई चिन्ता भन्दा दश पुस्ताको लागि द्रब्य बटुल्न नै ब्यस्त ! मिटरब्याजीको कारण निमुखा जनता त्राहीमाम् ! नुवाकोटका कृषक भने रासायनिक मलको लागि तड्पंदै ! प्रदेश सरकारले कुन पालिकालाई कति मल चाहिन्छ कुनै अध्ययन नै नगरी कार्यकर्ताको सिफारिसमा कोटा तोकेपछि मल सदरमुकाम क्षेत्रमै खरीद, बिक्रीले सहकारीका पदाधिकारीलाई आर्थिक मन्दीबाट राहत ! सदरमुकाममा अधिकार र नागरिककर्मी मूल्य संयोजनमा, प्रहरी प्रशासन सुक्ष्म निगरानीमा कृषक, बाँदर आतङ्कको पिडाले मलको जोहोमा होस्प्रसाद !