+
Search

ताजा अपडेट +

पपुलर +

वाग्मती प्रदेशमा जनसङ्ख्याको अवस्था पहाडी क्षेत्रको जनसङ्ख्या घट्दै रसुवाको बढ्यो नुवाकोट र धादिङको घट्यो

वाग्मती प्रदेशमा जनसङ्ख्याको अवस्था पहाडी क्षेत्रको जनसङ्ख्या घट्दै रसुवाको बढ्यो नुवाकोट र धादिङको घट्यो
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, वागमती प्रदेशको सहरी क्षेत्रको अनुपातमा पहाडी क्षेत्रमा जनसङ्ख्या वर्षेनी घट्दै गएको छ । राष्ट्रिय जनगणनाअनुसार २०६८ को तुलनामा २०७८ मा प्रदेशको पहाडी क्षेत्रमा जनसङ्ख्या बृद्धिदर घटेको छ ।

२०६८ देखि २०७८ को एक दशकको अवधिमा यस प्रदेशमा जनसङ्ख्या बृद्धिदर बढेको पाईए पनि पहाडी क्षेत्रको जनसङ्ख्या बृद्धिदर ऋणात्मक देखाएको हो । यस प्रदेशको रसुवाको जनसङ्ख्या बृद्धिदर भने सबै पालिकामा धनात्मक रहेको छ । २०६८ मा ४३ हजार ३ सय जनसङ्ख्या रहेकोमा २०७८ मा बढेर ४६ हजार ६ सय ८९ जनसङ्ख्या पुगेको छ । धादिङ जिल्लामा २०६८ मा ३ लाख ३६ हजार ६७ जनसङ्ख्या थियो । २०७८ मा पुग्दा ३ लाख २५ हजार ७ सय १० भएको छ । १३ पालिकामध्ये नौवटा पालिकामा जनसङ्ख्या बृद्धिदर ऋणात्मक छ । नुवाकोट जिल्लामा २०६८ को जनगणनाअनुसार २ लाख ७७ हजार ४ सय ७१ जनसङ्ख्या भएकोमा २०७८ को जनगणनामा घटेको छ । अहिलेको जनसङ्ख्या २ लाख ६३ हजार ३ सय ९१ रहेको छ । यस जिल्लाको १२ पालिकामध्ये १० पालिकामा ऋणात्मक जनसङ्ख्या बृद्धिदर भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

वाग्मती प्रदेशमा २०६८ को जनगणनाअनुसार जनसङ्ख्या ५५ लाख २९ हजार ४ सय ५२ रहेकोमा दश वर्षमा बढेर ६१ लाख १६ हजार ८ सय ६६ पुगेको छ र समग्रमा प्रदेशको जनसङ्ख्या बृद्धिदर ० दशमलव ९७ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । साथै, यस प्रदेशको १३ जिल्लामध्ये चितवन, मकवानपुर, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाडौं र रसुवा गरी सात जिल्लाको जनसङ्ख्या बृद्धिदर धनात्मक रहेको छ । जनसङ्ख्या बृद्धिदर ऋणात्मक रहेका जिल्लामा रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र दोलखा पर्छन् । यसैगरी देशमै सबैभन्दा बढी जनसङ्ख्या वार्षिक बृद्धिदर भएको जिल्लामा भक्तपुर (३ दशमलव ३५ प्रतिशत) र सबैभन्दा बढी वार्षिक जनसङ्ख्या घट्ने दर भएको जिल्ला रामेछाप (-१ दशमलव ६७ प्रतिशत) रहेको छ ।

यस्तै, प्रदेशको ११९ स्थानीय तहमध्ये ४६ वटा स्थानीय तहको जनसङ्ख्या बृद्धिदर धनात्मक र ७३ वटा स्थानीय तहको जनसङख्या बृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क छ । जनसङ्ख्या सबैभन्दा बढी दरमा घटेको पालिकामा काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका (–३ दशमलव ७६ प्रतिशत) र जनसङ्ख्या बृद्धिदर सबैभन्दा बढी रहेको पालिकामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका (७ दशमलव ४१ प्रतिशत) रहेको छ । दोलखा जिल्लामा २०६८ को जनगणनाअनुसार १ लाख ८६ हजार ५ सय ५७ जनसङ्ख्या रहेका थिए भने २०७८ मा १ लाख ७२ हजार ७ सय ६७ मा झरेको छ । दुई नगरपालिकासहित ९ पालिका रहेको दोलखामा जनसङ्ख्या बृद्धिदर बिगु, तामाकोशी, कालिञ्चोकलगायत सबै गाउँपालिकामा ऋणात्मक रहेको छ । सिन्धुपाल्चोक जिल्लामा २०६८ मा कुल जनसङ्ख्या २ लाख ८७ हजार ७ सय ९८ रहेकोमा २०७८ को जनगणनामा २ लाख ६२ हजार ६ सय २४ पुगेको छ । १२ पालिका रहेको यस जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका बाहेक सबैको ऋणात्मक छ ।

यस प्रदेशको हिमाली जिल्ला रसुवाको जनसङ्ख्या बृद्धिदर भने सबै पालिकामा धनात्मक रहेको छ । २०६८ मा ४३ हजार ३ सय जनसङ्ख्या रहेकोमा २०७८ मा बढेर ४६ हजार ६ सय ८९ जनसङ्ख्या पुगेको छ । धादिङ जिल्लामा २०६८ मा ३ लाख ३६ हजार ६७ जनसङ्ख्या थियो । २०७८ मा पुग्दा ३ लाख २५ हजार ७ सय १० भएको छ । १३ पालिकामध्ये नौवटा पालिकामा जनसङ्ख्या बृद्धिदर ऋणात्मक छ । नुवाकोट जिल्लामा २०६८ को जनगणनाअनुसार २ लाख ७७ हजार ४ सय ७१ जनसङ्ख्या भएकोमा २०७८ को जनगणनामा घटेको छ । अहिलेको जनसङ्ख्या २ लाख ६३ हजार ३ सय ९१ रहेको छ । यस जिल्लाको १२ पालिकामध्ये १० पालिकामा ऋणात्मक जनसङ्ख्या बृद्धिदर भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । काठमाडौं जिल्लाको २०६८ को जनसङ्ख्या १७ लाख ४४ हजार २ सय ४० रहेकोमा २०७८ मा बढेर २० लाख ४१ हजार ५ सय ८७ पुगेको छ । ११ वटा नगर रहेको काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका बाहेकको नगरपालिकामा जनसङ्ख्या बृद्धिदर धनात्मक रहेको छ ।

यसैगरी, भक्तपुर जिल्लामा २०६८ मा जनसङ्ख्या ३ लाख ४ हजार ६ सय ५१ रहेकामा २०७८ मा बृद्धि भई ४ लाख ३२ हजार १ सय ३२ पुगेको छ । चारवटा नगरपालिका रहेको यस जिल्लामा भक्तपुर नगरपालिका बाहेकका सबै नगरपालिकाको जनसङ्ख्या बृद्धिदर धनात्मक छ । तीन गाउँपालिकासहित ६ वटा पालिका रहेका ललितपुर जिल्लाको जनसङ्ख्या बृद्धिदर तीनवटै गाउँपालिको ऋणात्मक रहेको छ । २०६८ सालमा यस जिल्लाको जनसङ्ख्या ४ लाख ६८ हजार १ सय ३२ रहेकोमा २०७८ मा ५ लाख ५१ हजार ६ सय ६७ पुगेको छ । यस्तै काभ्रेपलाञ्चोक जिल्लामा २०६८ को जनगणनाअनुसार ३ लाख ८१ हजार ९ सय ३७ रहेकोमा २०७८ को जनगणनामा घटेर ३ लाख ६४ हजार ३९ भएको छ । १३ पालिका रहेको यस जिल्लाको जनसङ्ख्या बृद्धिदर तीन पालिकाको मात्र धनात्मक छ । २०६८ मा रामेछाप जिल्लाको जनसङ्ख्या २ लाख २ हजार ६ सय ४६ रहेकोमा २०७८ मा घटेर १ लाख ७० हजार ३ सय २ भएको छ । यस जिल्लाको सबै पालिकाको जनसङ्ख्या बृद्धिदर ऋणात्मक छ ।

सिन्धुली जिल्लाको जनसङ्ख्या २०६८ मा २ लाख ९६ हजार १ सय ९२ रहेकोमा २०७८ मा बढेर ३ लाख २६ पुगेको तथ्याङ्क छ । नौ पालिका रहेको यस जिल्लाको जनसङ्ख्या बृद्धिदर तीनवटा पालिकाको मात्र धनात्मक रहेको देखिन्छ । मकवानपुरको जनसङ्ख्या २०६८ मा ४ लाख २० हजार ४ सय ७७ भएकोमा २०७८ मा बृद्धि भई ४ लाख ६६ हजार ७३ भएको छ । १० पालिका रहेको यस जिल्लाको जनसङख्या बृद्धिदर सात पालिकाको ऋणात्मक रहेको छ । २०६८ को जनगणनाअनुसार चितवन जिल्लाको जनसङ्ख्या ५ लाख ७९ हजार ९ सय ८४ रहेकोमा २०७८ मा बढेर ७ लाख १९ हजार ८ सय ५९ भएको छ । यस जिल्लाको सबै पालिकाको जनसङ्ख्या बृद्धिदर धनात्मक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह