- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर-२ टिमुरेमा रहेको भोटेकोसी दोभानमा निर्माण भईरहेको सुख्खा बन्दरगाह निर्माणले पुर्णरूपमा गति लिएको छ ।
चिन सरकारको सहयोगमा विगत चार वर्ष अगाडीदेखि निर्माण शुरू भएको सुख्खा बन्दरगाह पहिलो चरण अन्तरगत फलामे रड तथा सिमेन्टलगायत कङक्रिटको माध्यमबाट पिलरलगायत बाल लगाई भोटेकोशी नदिमा तटबन्ध गर्ने काम धमाधम शुरू गरिएको छ । चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा बन्न लागेको बन्दरगाह करिव ८० प्रतिशत काम पूरा भईसकेको छ । यस बन्दरगाह निर्माण सम्पन्न गर्न तिब्बत फुल्ली नामक चिनियाँ निर्माण ब्यवसायी कम्पनीले गरिरहेको छ । ३ सय १३ ठूला गाडी कन्टेनर र साना कार जिप भ्यान भने २३ वटा राख्ने क्षमताको उक्त सुख्खा बन्दरगाहमा ब्यवस्थापकीय भवन समेतका संरचना निर्माण गरिने छ । ५० हजार ९ सय वर्ग मिटर क्षेत्रफल ओगटेको सो बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेका छन् । छिटो कामदार सम्पन्न गर्न चिनवाट थप कामदार ल्याई निर्माणस्थलको उतरतर्फका दुईवटा विद्युतिय खम्बा बारम्बार हटाउनु भन्दा पनि ब्यवस्था गरेका कारण थोरै काममा बाधा पुगेको छ । कोरोना संक्रमणले ग्रस्त पारेका कारण काम निर्माणमा ढिलाई भएको सुख्खा बन्दरगाहको बाँकी काम आगामी सन् २०२५ को जुनसम्म बुझाई सकिने निर्माण कम्पनीले जनाएको छ ।
प्रतिक्रिया