+
Search

ताजा अपडेट +

पपुलर +

कार्की महासंघको केन्द्रिय सदस्य

कार्की महासंघको केन्द्रिय सदस्य
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नुवाकोट जिल्लाका अग्रणी खाद्य किराना ब्यवसायी ताराबहादुर कार्की नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा विजय भएका छन् ।

कार्की नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष रहेका छन् । ए.एण्ड.पि. खाद्य सप्लायर्स, कार्की खाद्य सप्लायर्स, न्यु कार्की खाद्य सप्लायर्स र कार्की मार्केटिङ प्रा.लि. निर्देशक रहेका छन् । कार्की जिल्ला तथा नगर तर्फबाट केन्द्रिय सदस्यमा गत हप्ता निर्वाचित भएका छन् । गत चैत्र २८ गते महासंघको ५७ वार्षिक साधारणसभा तथा अधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको गरिमामय केन्द्रिय सदस्य पदमा कार्कीले ८२ मत ल्याएर १८ जना जिल्ला तथा नगरतर्फबाट तेस्रो स्थानमा विजयी हुनुभएको छ । दुई दशकदेखि उद्योग वाणिज्य संघमा आबद्ध रहेका कार्कीले साना तथा मझौला ब्यवसायी, युवा लक्षित उद्यमशिलता विकासमा काम गर्ने बताएका छन् । गत बुधबार सम्पन्न महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्षसहित एसोसिएट जिल्ला नगर र वस्तुगततर्फबाट कार्यकारिणी सदस्यसहित ६४ जनाको नयाँ नेतृत्व चयन भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह